buddhalinkpicsmall

मिस तामाङ २०११ को ताज बचाउन अपिल

मिस तामाङ २०११ को ताज बचाउन अपिल
सम्पुर्ण न्याय प्रेमी तामाङ बुद्धिजिवी, राजनितिकर्मी, संचारकर्मी, पत्रकार, कलाकार, राजनितिक पार्टी, सामाजिक संघ संस्था, समाजसेवी, दाज्यू भाई, दिदी बहिनी, आमा बुबा र साथीहरुमा फ्याफुल्ला टक्राउन चहान्छु ।
यहि असार २५ गते नेपाल प्रग्या प्रतिष्ठानमा नेपाल तामाङ कला संस्कृति केन्द्र तथा एभरेष्ट फेशन होम द्धारा आयोजित मिस तामाङ २०११ मा मिस तामाङ २०११ को प्रथम ताजा जित्न सफल रोजिना घिसीङ क्रमश: फष्ट रनरअप, सेकेन्ड रनरअप कृति घिसिङ र सहारा घिसिङको १ बर्षको समय अवधि पूरा नसकिदै सम्झौता पत्र विपरित आयोजक संस्था नेपाल तामाङ कला संस्कृति केन्द्र तथा एभरेष्ट फेशन होमले मिस तामाङ २०१२ यहि माघ ११ गते टुढिखेलमा गर्न लागी रहेको छ र यस बारे बिभिन्न संचार माध्यमबाट प्रचार प्रसार गरी रहेको छ।
तसर्थ मिस तामाङ २०११ को ताज बचाउन पहल गरि दिनु हुन सम्पुर्ण न्याय प्रेमी तामाङ बुद्धिजिवी, राजनितिकर्मी, पत्रकार, कलाकार, राजनितिक पार्टी, सामाजिक संघ संस्था, समाजसेवी, दाज्यू भाई, दिदी बहिनी, आमा बुबा र साथीहरुमा अनुरोध गर्दै आयोजक संस्थालाई मिस तामाङ २०१२ यहि माघ ११ को दिन आयोजना नगरी मिस तामाङ २०११ को १ बर्षको समय अवधि पूरा भए पछि मात्र गर्नको लागि उपयुक्त जन दवाव सृजना गरिदिनु हुन समेत अनुरोध गर्दछु ।
लस्हो थुजेछे ।

Comments


  

एभरेष्ट फेसन होम र नेपाल तामाङ कला सन्स्क्रिती केन्द्र ले गर्नु लागेको भये त किन बिरोध गर्नु र? ठिकै छ नि होइन र?

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Image CAPTCHA
Enter the characters shown in the image.

Latest Posts